अवैध लागूऔषधसहित एक जना पक्राउ

कास्की,पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा…

Read More

वैशाख ११ गतेदेखि खोप सप्ताह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक…

Read More

भारतमा १० हजार ७५३ सङ्क्रमित थपिए, २७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको  केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छपछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार…

Read More

उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री बन्ने सीके राउतको दाबी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेस प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखका छन्, ‘चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको ।’ यहाँ प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान नरहेको टिप्पणी गर्दै…

Read More

कैलालीमा एक गोठमा आगलागी

कैलाली । कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको होआगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

Read More

जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन दिएका छन् । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार…

Read More

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी ।केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो ।प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।सङ्क्रमण पुष्टि हुनेमा…

Read More

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताउनुभएको छ । प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उहाँले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताउनुभयो । “राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई…

Read More

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

कैलाली, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो…

Read More