
भीम रावलसँग वार्ता गर्न एमालेले बनायो ३ सदस्यीय टोली, स्पष्टीकरण सोध्ने तयारी
काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली बनाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको…