
अवैध लागूऔषधसहित एक जना पक्राउ
कास्की,पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा…