राष्ट्रपतिमा एमाले उम्मेदवार जित्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन् । 

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन् । उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए । सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनले बताए ।  

त्यस्तै एमाले सचिव गोकर्ण बिष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताए । उनले सत्तारुढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमानदारीपूर्वकता कार्यान्वयन गर्नुपर्ने बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *