नेपाल संवत् नेपालीको मौलिक संवत् होः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताउनुभएको छ । नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा मजबुत रहेको उल्लेख गर्नुभएको छ । “नेपालको मौलिक नेपाल…

Read More

सुकुम्बासी, दलित र अव्यवस्थित बस्तीको समस्या समाधान गर्न सम्झौता

भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले प्रदेश नं. २ मा सर्लाहीको हरिवन नगरपालिकालाई छनोट गरी यहाँका भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोवासको समस्या अन्त्य गर्न कार्य शुरु गरेको छ । हरिवन नगरपालिकाका प्रमुख गणेसप्रसाद प्रसाईले आयोग र नगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । आयोगको तर्फबाट अध्यक्ष देवी ज्ञवाली र नगरपालिकाका तर्फबाट प्रमुख प्रसाईले…

Read More

मिथिलामा धनतेरस मनाइँदै

यमपञ्चकको पहिलो दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा धनतेरस मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशी तिथिको सायंकालमा घरमा लक्ष्मी स्थापना गरी मनाइने परम्पराको धनतेरस पर्व प्रदेश–२ का मिथिला क्षेत्रमा पर्ने सबैजसो जिल्लामा आज साँझ लक्ष्मीको पूजाराधना गरी दीपावली पर्व शुरु गर्न लागिएको हो । साँझ कात्तिक कृष्ण त्रयोदशी पर्ने र यो तिथि रातभरी रहने भएको हुँदा धनतेरस…

Read More

तिहारको कोसेली ग्याँस र चुल्होः स्थानीयवासी खुशी

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ८ ले तिहारको अवसर पारेर कोसेली स्वरुप पाँच सयभन्दा बढी महिलालाई खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ । दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि उनीहरु खुशी समेत भएका छन् । गरिबी र विपन्नताका कारण वर्षौदेखि दाउरा खोजेर माटाको चुलोमा आगो बाल्ने र भाँडा बसाल्ने काम गर्दै…

Read More

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छठ पर्व मनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड नगरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गरी छठ पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।   कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी जिल्ला सङ्कट व्यवस्थापन समिति र सुरक्षा समितिको बैठकको निर्णयानुसार सो आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका…

Read More